चितवन । भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ ।
वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।
सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।
Leave a Reply