Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • हेटौंडा उपमहानगरकी मेयरद्वारा विपन्न १५४१ परिवारको निशुल्क स्वाथ्य बीमा गर्ने पहिलो निर्णय

    हेटौंडा उपमहानगरकी मेयरद्वारा विपन्न १५४१ परिवारको निशुल्क स्वाथ्य बीमा गर्ने पहिलो निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।

    सोमबार पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमासहितका पाँचवटा निर्णय गरेकी छन् । उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन् ।



    त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार