Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • सनी लियोनी फिगर बनाउन वर्कआउटमा ब्यस्त

    सनी लियोनी फिगर बनाउन वर्कआउटमा ब्यस्त

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 3.8K
    SHARES

    काठमाडाैँ। बलिउड अभिनेत्री सनी लियोनीले आफ्नो फिगर बनाउनका लागि वर्कआउट गरिरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छिन् । जुन भिडियोमा उनले १० किलोको त शर्ट नै लगाएकी छिन् ।

    उनले उक्त शर्ट लगाएर बच्चालाई लिएर जगिङ गरिरहेकी छिन् । उनले भिडियोको क्याप्सनमा लेखेकी छिन् – वजनी वर्कआउट, १० किलो अतिरिक्त वजनका साथै स्ट्रालर धकेलेर दौडिरहेकी छु । लकडाउन लाइफ ।



    सनीले सोमवार आफ्ना तीन बच्चा निशा, नोआह र अशरसँगको तस्वीर शेयर गरेकी थिइन् । साथै उनले मदर्स डेको शुभकामना पनि दिएकी थिइन् । उनले आफ्नी आमाको याद आएको पनि बताएकी थिइन् । लकडाउनका बेला सनी अक्सर लाइभमा आएकी हुन्छिन् ।



    सनी हालै भारत छोडेर अमेरिका गएकी छिन् । उनले त्यहाँ आफू थप सुरक्षित हुने भन्दै अमेरिका उडेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार