काठमाडौं । इटालियन सिरी ‘ए’ को उपाधि एसी मिलानले जितेको छ ।
गएरातिको आफ्नो अन्तिम खेलमा घरेलु टोली सासोउलोलाई ३–० ले हराउँदै मिलान विजेता बनेको हो । मिलानले सन् २०११ पछि पहिलोपटक लिग उपाधि जितेको हो ।
मिलानलाई उपाधि जित्नका लागि अन्तिम दिन तीन अंकको आवश्यकता थियो । सासउलो भ्रमणमा निस्केको मिलानका लागि ओलिभर जिरौडले दुई तथा फ्रांक केस्सीले एक गोल गरेपछि उपाधि पक्का गरेको हो ।
मिलानले जितसँगै ३८ खेलबाट ८६ अंक जोड्यो । त्यो दोस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले माथि हो ।
Leave a Reply