Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • म्यानचेस्टर सिटीलाई प्रिमियर लिग फुटबलको उपाधि

    म्यानचेस्टर सिटीलाई प्रिमियर लिग फुटबलको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ ।

    गएराति भएको सिजनको आफ्नो अन्तिम खेलमा एस्टोन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।



    घरेलु मैदानमा भएको अन्तिम खेलमा सिटीलाई जित दिलाउन गुन्डोगनले दुई र रोर्डिले एक गोल गरे । उता एस्टोनका लागि क्यास र फिलिपे कौटिन्होले एक–एक गोल गरे । जितसँगै सिटीले ३८ खेलबाट ९३ अंक जोडेर लिग जित्यो ।



    यता दोस्रो स्थानमा रहेको लिभरपुलले ३८ खेलमा ९२ अंक जोडेर लिग सिजन टुङ्ग्यायो । सिटीका लागि पेप गर्डिवालाले यो चौथो पटक प्रिमियर लिगको उपाधि जिताएका हुन् । उनी सिटीका लागि लिग चार पटक जिताउने पहिलो प्रशिक्षक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार