काठमाडौं । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकहरूले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी रु १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै ग्राहकले हरेक हप्ता रु ५००० को सेलपे कार्ट भाउचर कुपन जित्ने मौका पाउने पनि कम्पनीले जनाएको छ । यो अफर १५ मे २०२२ बाट सुरु हुन्छ र १६ अगस्ट २०२२ अन्त्य हुनेछ।
यस्तो छ सेलपे सञ्चालनको प्रक्रिया
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे एप डाउनलोड गर्नुहोस् ।
२. यदि तपाइँ नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने साइन अप गर्नुहोस् नत्र लगइन गर्नुहोस् ।
३. साइन अप गर्नका लागि आवश्यक विवरणहरू टाईप गर्नुहोस् र सबमिट गर्नुहोस् । तपाईंले फोन प्रमाणीकरणको लागि OTP कोड प्राप्त गर्नुहुनेछ। त्यो कोड टाईप गर्नुहोस् र सबमिट क्लिक गर्नुहोस्। त्यसपछि सेलपेमा तपाईको प्रोफाइल बनाइनेछ।
४. साइन अप गरेपछि KYC अपडेट गर्नुहोस्।
५. KYC अपडेट गरेपछि Manage Account मा जानुहोस् र आफ्नो सुविधाको बैंक लिंक गर्नुहोस्।
६. तपाईको आफ्नो बैंक सेलपेमा प्रथम पटक लिंक भएपछि तपाईंले १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्नुहुनेछ ।
७. यसले तपाईंलाई प्रत्येक हप्ता रु ५०००/-को भाउचर कुपन जित्न योग्य बनाउनेछ।
नियम र सर्तहरू
Leave a Reply