Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै, ३ हजार २६२ मतले अघि

    पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै, ३ हजार २६२ मतले अघि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ८८ हजार ४५७ मतगणना हुँदा आचार्यले ३५ हजार ५८७ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।



    उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले ३२ हजार ३२५ मत ल्याएका छन् । गठबन्धनका साझा उमेदवार आचार्य थापाभन्दा ३ हजार २६२ मतले अघि छन् ।



    यस्तै, राप्रपाका शंकर खनालले ३ हजार ९८९ र स्वतन्त्र उमेदवार गणेश पौडेलले २ हजार ३६८ मत ल्याएका छन् ।उपप्रमुखतर्फ एमालेकी मञ्जुदेवी गुरुङले ३६ हजार ८५४ मतसहित अग्रता कायम गरेकी छन् ।

    नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३६ हजार ३९ मत ल्याएकी छन् । राप्रपाकी रञ्जना सेनले ३ हजार ८६४ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार