काटमाडौं। गुल्मीमा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्ने शिक्षकहरुमा निलकण्ठ बस्याल र प्रकाश भट्टराईले रहेका छन् ।
प्रहरी प्रारम्भिक अनुसन्धानमा बस्यालले २०७८ भदौ महिनादेखि र भट्टराईले २०७८ पुस महिनादेखि ति छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुर्व्यवहारका कार्यहरु गर्ने गरेको खुलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० माधवराज खरेलले भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान थालिएको जनाएका छन् ।
Leave a Reply