Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘बलात्कारी होस त’ भन्दै पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

    ‘बलात्कारी होस त’ भन्दै पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्षअघि आफू बलात्कृत भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

    ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् ।



    उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।



    एक युवतीले सौन्दर्भ प्रतियोगिताको क्रममा आठ वर्षअघि आफूलाई आयोजक संस्थाका व्यक्तिले बलात्कार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

    त्यसको विरोधमा हिजो (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरुले पनि पीडित युवतीलाई न्याय दिन माग गरेका थिए ।

    बलात्कारीलाई कारबाही गर, सुष्मितालाई न्याय दे, दोषिलाई कारबाही गर, वी वान्ट जस्टिस जस्ता नारा लगाएका उनीहरुले पीडित युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

    सयौंको संख्यामा उपस्थित युवा(युवतीले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानूनमा हदम्यादको व्यवस्था हटाउन पनि माग गरेका छन् ।

    ८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेपछि सदनमा समेत यो विषय उठेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार