Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • काठमाडौंको ४९ प्रतिशत मत गणना सम्पन्न, १५,५८३ मतले बालेन अगाडि

    काठमाडौंको ४९ प्रतिशत मत गणना सम्पन्न, १५,५८३ मतले बालेन अगाडि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये लगतभग आधा मत गणना सकिएको छ । अहिलेसम्मको ४९ प्रतिशत मत गणना भएको निर्वाचन कार्यालय, काठमाडौंले जनाएको छ ।

    तीन लाख भन्दा बढी जनसंख्या रहेको काठमाडौंमा कुल एक लाख ९१ हजार १८६ मत खसेको थियो । त्यसमध्ये हालसम्म ९३ हजार ६४७ मतको गणना भएको हो । त्यो भनेको ४९ प्रतिशत हो । अब ९७५३९ मत गन्न बाँकी छ ।



    पछिल्लो अपडेट अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजार १३० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले जम्मा १८ हजार ५४७ मत ल्याएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंहले भने १८ हजार ४२९ मात्र मत पाएकी छन् ।



    बालेन साह मुख्य प्रतिस्पर्धी स्थापित भन्दा भन्दा १५ हजार ५८३ भोटले अगाडि छन् ।

    दोस्रो स्थानमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना श्रेष्ठको तीब्र प्रतिस्पर्धा छ । हालसम्म सिर्जनाभन्दा स्थापित ११८ भोटले अगाडि छन् ।

    अहिलेसम्म काठमाडौंका ११ वडा वडाको मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका ११ वडाहरुमध्ये १० वटा वडामा बालेनको अग्रता छ । वडा नम्बर २८ मा स्थापित थोरै मतले अगाडि छन् । यो वडालाई एमालेले ‘कोर एरिया’ भनेको मध्येको एक हो ।

    हाल काठमाडौंका ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ नम्बर वडाको मतगणना जारी रहेको छ । यी वडाहरूमा त्रिपक्षीय प्रतिस्पर्धा छ । ७, ९, १०, ११, २६ र ३१ गरी ६ वटा वडामा बालेनले अग्रता लिइरहेका छन् । यस्तै, २४, २५ र २७ वडामा स्थापितको अग्रता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार