काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा विनोद साह र उपप्रमुखमा रौशन प्रवीण निर्वाचित भएका हुन् ।
नगर प्रमुखमा साहले ३४ हजार एक सय ७४ मत ल्याए । उपप्रमुखमा रौशन प्रवीणले १९ हजार दुई सय ५१ मत ल्याएर विजयी भए ।
साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई पाँच हजार पाँच सय ८१ मतको फराकिलो अन्तरले पराजित गरे । कांग्रेसका यादवले १८ हजार पाँच सय ९३ मत ल्याए ।
उपप्रमुखमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले १८ हजार तीन सय दुई मत मात्रै प्राप्त गरे ।
Leave a Reply