Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लिपुलेक प्रकरणमा भारतविरुद्ध प्रधानमन्त्री ओलीकाे आक्रोश

    लिपुलेक प्रकरणमा भारतविरुद्ध प्रधानमन्त्री ओलीकाे आक्रोश

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रधानममन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नै भनाई बाझिएको छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीले संसदमा उभिएर नेपाली भूमि अतिक्रमण भारतले बनाएको सडकबारे सरकारलाई जानकारी भएृको बताइरहँदा प्रधानमन्त्री ओलीले भने आज आफूलाई त्यस विषयमा जानकारी नै नभएको बताएका छन् ।



    मन्त्रिपरिषद् बैठक बोल्दै प्रधानमन्त्री ओलीले यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो गरेका हुन् ।



    प्रधानमन्त्री ओलीले भने–‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन् ।’

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराएका थिए ।

    प्रधानमन्त्री ओलीले सीमाका विषयमा भारतको नियत नै ठीक नभएको बताएका छन् ।

    सीमा विवाद अन्त्यका लागि सरकारले पटक–पटक कुरा उठाउँदै जानकारी गराउँदै प्रधानमन्त्री ओलीले काली नदी पूर्वको भूभाग नेपालकै भएको र त्यसबारे भारतसँग वार्ता गर्ने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार