काठमाडौं । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।
नागरिकतालाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका छन् ।
नागरिकता विधेयकमा नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विषयमा विवाद छ ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ ।
Leave a Reply