Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतीय अतिक्रमणको बिरोध गर्दा मानवअधिकारवादी कृष्ण पहाडी पक्राउ

    भारतीय अतिक्रमणको बिरोध गर्दा मानवअधिकारवादी कृष्ण पहाडी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । लिपुलेकमा भारतले गरेको अतिक्रमणको बिरोधमा काठमाडौंमा प्रदर्शन गरेका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् ।

    प्रहरीले लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    उनीहरुले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए ।



    भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि विरोध बढ्दै गएको छ । अहिले देशभर प्रदर्शन भइरहेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार