काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोद साह तेली विजयी भएका छन् ।
उनी ५ हजार ९९ मत ल्याएर विजयी भएका हुन् । जनता समाजवादी पार्टी जसपाका उम्मेदवार योगनारायण रायले ३ हजार ४९५ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै सुमित्रादेवी ग्वारनी ४ हजार ३९१ मत प्राप्त गरी निवार्चित भएकी छन् ।
निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका पार्टीका उम्मेदवार सुनितादेवी यादवले ३४ मत प्राप्त गरिन् ।
Leave a Reply