Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतको हेपाहा नीति : नेपालीलाई सीमामा अलपत्र पारेर जा भन्ने ,आफ्ना नागरिक नलैजाने

    भारतको हेपाहा नीति : नेपालीलाई सीमामा अलपत्र पारेर जा भन्ने ,आफ्ना नागरिक नलैजाने

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। नेपालको सीमा मिचेर सडक बनाउने भारतले सहमति विपरित हेपाहा र मनपरी नीति अख्तियार गरेको छ । भारतले लकडाउनमा नेपालसँग गरेको सहमति विपरित धमाधम नेपालीलाई दशगजामा ल्याएर छाड्न थालेको  छ ।

    दशगजामात्र होइन, नेपाली सीमाभित्रै ल्याएर छाडिदिएको घटना सार्वजनिक भएको छ । दुई देशका सरकारबीच भएको सहमति विपरित भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई नेपालतर्फ पठाउने गरेका हुन । तर, भारतले आफ्नो देशका नागरिकलाई भने लगेको छैन।



    सोमबार राति भारतीय सुरक्षाकर्मीले जोगबनी नाकाबाट १५ जना युवालाई विराटनगरतर्फ प्रवेश गराएको खुलेको छ । नेपाल प्रवेश गरेका झापा, मोरङ र सुनसरीका ती युवाहरुलाई रोकेर राखेको र सम्बन्धित स्थानीय सरकारहरुलाई खबर गरेर पठाउने तयारी भएको प्रहरीले बताएको छ । नेपाल पठाएका ति युवालाई प्रहरीले भेटाएपछि सो रहस्य खुलेको हो ।



    भारत उत्तर प्रदेशको नोएडा शहरबाट ११ दिन यात्रा गरेर सुनसरी गढी गाउँपालिकाका ६, इटहरीका २, धरानका १ र मोरङ सुन्दर हरैंचाका २ युवा जोगबनी आएका थिए । झापा सुरुङ्गा घर भएका ४ युवा पनि बिहारको छप्राबाट साइकलबाट तीन दिनको यात्रामा जोगबनी आएका थिए । सोमबार बेलुका जोगबनी आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले राति नेपालतर्फ प्रवेश गराएका हुन् । दुई दिनअघि पनि भारतीय सुरक्षाकर्मीले छाडेका युवाको समूह झापा छिरेको थियो ।

    नेभारतले पालतर्फ अलपत्र परेका भारतीयलाई भने आफ्नो मुलुकमा आउन दिने गरेको छैन । सोमबार धरानको बीपी प्रतिष्ठानमा पेटको शल्यक्रिया गरेर आएका भारतीय बिरामीलाई भने भारतीय सुरक्षाकर्मीले जोगबनी नाकाबाट नेपालतर्फ नै फर्काएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार