काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले नयाँ इतिहास रचेको छ । राप्रपाका रमेश नापितले प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेर नयाँ इतिहास रच्न सफल भएका हुन् ।
रमेश नापितले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएका छन् ।
०६२र६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।
शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ ।
वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।
Leave a Reply