काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ ।
अहिलेसम्म ३४१ स्थानिय तहको परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेस १ सय ५० स्थानमा प्रमुख जितेर पहिलो नम्बरमा छ भने नेकपा एमालेले १००स्थानीय तहको प्रमुख जितेको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्र ७६ स्थानीय तहको प्रमुख जितेर तेस्रो स्थानमा छ भने नेकपा एकीकृत समाजवादीले ४, राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ । पछिल्लो तथ्याकंअनुसार नेपाली कांग्रेसका प्रमुख पदका १ सय ५७ जना उम्मेदवारले मतगणनामा अग्रता लिएका छन्
एमालेको ९३ जना उम्मेदवार अघि रहेका छन् भने नेकपा माओवादी केन्द्रका ४१ र एकीकृत समाजवादीका १५ उम्मेदवार मतगणनामा अगाडि छन् ।
Leave a Reply