Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनको उल्लंघन गरी भारतबिरुद्द संघर्ष थाल्ने विप्लवकाे घोषणा

    लकडाउनको उल्लंघन गरी भारतबिरुद्द संघर्ष थाल्ने विप्लवकाे घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 3K
    SHARES

    काठमाडाैँ । विप्लव नेतृत्वको नेकपाले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेपनि भारतीय हस्तक्षेपकाे विरूद्द आफुहरुले सोमबारदेखि लकडाउनको उलंघन गरी संघर्षका कार्यक्रम गर्ने जनाएको छ।

    नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले नेपाली भुमी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको भारतिय नाङगो हस्तक्षेपविरुद्धमा जिल्लाभरी भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको जानकारी दिए।



    ऐडीले भने ‘हामीले यस अघि सरकारले गरेको लकडाउनको पालना गरेका थियौँ। नागरिकलाई राहत र उद्धारका कामका सहयोग गरेका थियौँ। तर अब भारतले हडपेको नेपाली भुमी फिर्ता गर्न माग सहित आन्दोलनका कार्यक्रम सुरु भएका छन्। अब लकडाउन मान्दैनौँ।’



    उनले पार्टीको केन्द्रीय समितिले तय गरेर निर्देशन गरे अनुसार जिल्लामा संघर्षका कार्यक्रमहरु गरिने जानकारी दिए। उनले भने ‘नेपाली नागरिकहरुले मुलुक र जनजिविका सवालहरुमा बोल्दा प्रतिबन्द लगाएर जेल हाल्ने तर मातृभुमी अतिक्रमण गर्ने, सिमा मिच्ने दुष्मनका बिरुद्ध बोल्न नसक्ने सरकार जनताका अगाडी नालाएक साबित भएको छ। हामी यो सरकारलाई सडकबाटै चुनौती दिन चाहान्छौँ। दुई तिहाईको दम्ब देखाउन सरकार भारतिय बिस्तारबादका सामु किन मौन बसेको छ।’

    उनले खोक्रो राष्टबादका नाममा बक्तव्य जारी गर्ने र निर्णयका रुपमा भुमी फिर्ता गर्न नसक्ने सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार