जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा भोगेन्द्र र उपाध्यक्षमा कांग्रेसकी फुल कुमारी यादवनी विजयी भएका हुन् ।
मिश्र ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपाका शत्रुधन यादव तीन हजार ४९७ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा यादवनीले ३ हजार ६२८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी जसपाकै विमला कुमारी यादव तीन ४६० मत ल्याएकी छन् ।
२०७४ को निर्वाचनमा लक्ष्मीनिया गाउपालिका अध्यक्ष जसपाले जितेको थियो ।
Leave a Reply