काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ । राप्रपाका उम्मेदवार राधाकृष्ण श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी काँग्रेसकी मीरा महर्जनले ४ सय ५७ मत पाइन भने तेश्रो स्थानमा एमालेका मानकाजी मानन्धरले ३ सय २६ मत पाए ।
एकीकृत समाजवादीका शंकरमान श्रेष्ठले १ सय २७ मत पाएका छन् ।
वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।
Leave a Reply