कास्की। रुपा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नवराज ओझा बिजयी भएका छन् ।
ओझा यसअघि पनि २०७४ मा रुपा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । मतगणनाको अन्तिम परिणामअनुसार ओझाले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई पराजित गरे ।
ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरे भने गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा पनि २०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी भएकी छन् । उनले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गरिन् ।
गुरुङले ५ हजार ३ सय ३२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी श्रेष्ठले ४ हजार १ सय ५३ मत ल्याएका छन् । रुपाका ७ मध्ये ६ वटा वडामा एमालेका वडाअध्यक्ष विजयी भएका छन् ।
Leave a Reply