Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • निर्वाचन कार्यालयको मनपरी : निर्वाचित भएको चार घण्टापछि पराजित भएको सूचना

    निर्वाचन कार्यालयको मनपरी : निर्वाचित भएको चार घण्टापछि पराजित भएको सूचना

    धाँधली गरेर कांग्रेसका उम्मेदवारलाई जिताइएको अजमेरको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको लापरवाहिका कारण निर्वाचित भइसकेका उम्मेदवार पुनः पराजित भएका छन् ।

    गुलरिया नगरपालिका–४ का एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएका अजमेर अली नाउलाई निर्वाचन अधिकृतको कार्यालयले चार घण्टापछि पुनः पराजित गराइदिएको हो ।



    चार घण्टा अघि निर्वाचन अधिकृतको कार्यालयले अजमेरलाई निर्वाचित भएको घोषणा गरेको थियो । तर, पछि एकाएक अर्को सूचना जारी गरेर अजमेर पराजित भएको जानकारी गराइयो ।



    आइतबार बेलुकी निर्वाचित घोषित अजमेरलाई ४ मतले पराजित भएको घोषणापछि एमाले समर्थक आक्रोशित भएका छन् । उनीहरुले कांग्रेसलाई जिताउन निर्वाचन अधिकृतको कार्यालय समेत मिलेको अरोप लगाएका छन् ।

    अजमेरले भने–‘म पराजित भएको भए मलाई किन निर्वाचित भनियो ? यो धाँधली हो । धाँधली गरेर कांग्रेसलाई निर्वाचित गराइयो ।’ उनले आफ्नो बेइजति गराइएको भन्दै मतगणना गर्ने कर्मचारीले गरेको गम्भीर लापरबाहीप्रति छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन् ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै मतगणना कार्य केहीबेर रोकेका थिए । माओवादीका मेयरका उम्मेदवार गेहेन्द्र ढकालले जबसम्म पुनः मतगणना हुँदैन तबसम्म वडा नम्बर ९ देखि १२ वडासम्मको मतगणना गर्नु नहुने बताएका छन् ।

    मतगणनास्थलमा गुलरिया नगरपालिकाका कर्मचारी फेरिनुपर्ने एमालेले माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार