Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दशगजामा ह्वात्तै बढ्याे नेपालीको चाप

    दशगजामा ह्वात्तै बढ्याे नेपालीको चाप

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । भारतमा लकडाउन खुकुलो भएसँगै सीमा नाकामा नेपालीकाे संख्या ह्वात्तै बढकाे छ। नेपाल-भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली जम्मा भएको पाइएको छ । तीमध्ये २ हजार ३ सय ८५ जना विभिन्न प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरु सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् ।

    सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना रहेको देखिन्छ । यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जिल्लास्थित संयन्त्रसँगकाे सम्पर्कबाट भारतका क्वारेन्टाइनमा समेत गरी ३ हजार ६५ जना मजदुर सीमामा रहेको खुलेको छ ।



    सशस्त्र प्रहरीले तत्काल नेपाल प्रवेश गर्ने उद्देश्यका साथ सीमामा आएका व्यक्तिको विवरण संकलन गरेको एक उच्च अधिकृत बताए । सशस्त्र प्रहरीले बुझाएको रिपोर्टअनुसार प्रदेश नं. २ को धनुषामा ५, सिरहामा १९, प्रदेश ५ को नवलपरासीमा ६०, रुपन्देहीमा १ सय ६१, कपिलवस्तुमा दुई हजार एक सय ३७ र प्रदेश नं. ७ को कञ्चनपुरमा ३ जना सीमामा अलपत्र छन्।



    प्रदेश नं. १ प्रहरी कार्यालय स्रोतका अनुसार झापामा १ सय ९५, मोरङ र सुनसरीमा ५०/५० जना सीमा क्षेत्रमा छन् । प्रदेश नं. २ प्रहरी स्रोतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको सीमावर्ती क्षेत्रमा ५ सय २७ जना नेपाली भारतको क्वारेन्टाइनमा राखिएका छन् ।

    भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार्थी, तीर्थयात्री तथा पर्यटकलाई रेलबाट उद्दार गर्न सुरु गरेको थियो । मजदुरको सामान्य स्वास्थ्य परीक्षणपछि उनीहरुलाई रेल चढ्न दिइएको थियो । यसरी आउने मजदुरका कारण सीमामा अलपत्र नेपालीको संख्या बढ्न सक्ने सुरक्षा संयन्त्रको अनुमान छ ।

    उद्दारका लागि भारतले तेलंगना-झारखण्डको हाटिया, केरेलाको अलुभादेखि ओडिशाको भुवनेश्वर, महाराष्ट्र-यूपीको लखनाउ, नासिकदेखि मध्ये प्रदेशको भोपाल र राजस्थानको जयपुरदेखि विहारको पटनासम्म रेल सेवा दिएको थियो । भारतमा सार्वजनिक यातायात सञ्चालन भइनसकेकाले ती क्षेत्रबाट मजदुर हिँडेरै सीमा क्षेत्रसम्म आउने छन् ।

    नेपाल प्रहरीको प्रदेश नं. ५ को कोभिड-१९ डेस्कका प्रहरी नायब उपरीक्षक (डीएसपी) अवय झा भारतबाट नेपाली मजदुर आउने क्रम अझै जारी रहेको बताउँछन् ।

    सीमामा अलपत्र नेपालीसँग प्रत्यक्ष सम्पर्कसँगै नजिकबाट नियालिरहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै प्रदेश सरकारले उद्दार गर्न सरकारलाई सुझाव दिएको छ । एक उच्च सुरक्षा अधिकृतले बताएअनुसार अझै नेपालीलाई सीमामा अड्काइ राख्ने हो भने धैर्यताको सीमा फुट्न सक्ने आँकलन गरिएको छ ।

    स्रोतका अनुसार सीमामा स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राख्ने गरी अलपत्र नेपालीलाई ल्याउन सक्नेबारे छलफल जारी छ । तर, सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएर कुल संक्रमितको संख्या एक सय ३३४ पुगेको छ । तीमध्ये कपिलवस्तुमा भेटिएका १० संक्रमित लकडाउनकै वेला भारतबाट आएको पाइएकाले मजदुरलाई नेपाल ल्याउनु जोखिम पनि हुनसक्ने विश्लेषण गरिन थालेका छन् । यसअघि मन्त्रिपरिषद वैठकले २४ वैशाखमा अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार