Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सल्यानमा विजय जुलुसको क्रममा करेन्ट लाग्दा २ जनाको मृत्यु

    सल्यानमा विजय जुलुसको क्रममा करेन्ट लाग्दा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    सल्यान । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसको क्रममा करेन्ट लाग्दा २ जनाको मृत्यु भएकाे छ ।

    विजय जुलुस मनाउने क्रममा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर कुमाख गाउँपालिका ४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।



    कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट गाउँपालिकाको कार्यालयमा जाने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको थियो ।



    करेन्ट लागेर सोही स्थानका नविन रावत, विनोद बुढाथोकी लगायत १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार