Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नर्भिक अस्पतालसँग लिखित जवाफ माग

    नर्भिक अस्पतालसँग लिखित जवाफ माग

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन निर्देशन दिइएको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नर्भिक हस्पिटललाई पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन निर्देशन दिएको हाे।



    स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।



    विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार