Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • एमाले सचिवका पति वडा सदस्यमै पराजित, श्रीमानलाई संयोजक बनाउने पूर्व मन्त्री पद्मा अर्यालको सपना अधुरै

    एमाले सचिवका पति वडा सदस्यमै पराजित, श्रीमानलाई संयोजक बनाउने पूर्व मन्त्री पद्मा अर्यालको सपना अधुरै

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    स्याङ्जा । पूर्व भुमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वडा सदस्यमै पराजित भएका छन् ।

    केपी शर्मा ओलीको पालामा सबैभन्दा हर्ताकर्ता मन्त्री बनेकी अर्यालले गुठिसम्बन्धी विवादास्पद विधेयक ल्याउँदा काठमाडौंबासी आन्दोलन सरकारले थेग्न सकेको थिएन । पछि उक्त विधेयक नै रद्द गरिएको थियो ।



    मन्त्री हुँदा ठूलो धक्का खाएकी उनै अर्याललाई अहिले फेरि अर्को ठूलो धक्का लागेको छ । वालिङ नगरपालिका–१ को सदस्यमा उम्मेदवार दिएका पति लक्ष्मीपति पौडेल पराजित भएसँगै मन्त्री अर्याललाई ठूलो धक्का लागेको हो । अर्याल नेकपा एमालेकी सचिव समेत हुन् ।



    पौडेललाई करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्यालले पराजित गरेका हुन् । एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका पौडेल ४६७ मतले कांग्रेस उम्मेदवारसँग पछि परेका हुन् ।

    विजयी उम्मेदवार कांग्रेसका सम्भव अर्यालले १ हजार १ सय १२ भोट ल्याएका थिए भने पौडेलले ६४५ भोट पाए । यस वडामा १८३४ भोट खसेको थियो । वालिङकाृ १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ भने ३ नम्बर वडा एमालेले जितेको छ ।

    पद्माले आफ्ना श्रीमानलाई जिल्ला समन्वय समिति संयोजक पद दिलाउने गरि वडा सदस्यमा उठाएकी थिइन् । तर, निर्वाचनमा पराजित भएपछि पतिलाई जिल्ला समन्वय समिति संयोजक पद दिलाउने सपनामा तुषारापात लागेको छ ।

    पराजित भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले नतिजालाई स्वभाविक रुपमा लिने बताएका छन् । उनले भनेका छन्–‘चुनावमा गएपछि हारजित भइहाल्छ, जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार