Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर विजयी

    गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । नगरप्रमुखमा खिलध्वज पन्थी विजयी भएका छन् । उपप्रमुखमा अमृतादेवी कुँवर विजयी भएकी छन् ।

    यसअघि एमालेले जितेको रेसुंगामा कांग्रेसका पन्थीले यो पटक बिजय हासिल गरेका हुन् ।



    पन्थीले ८ हजार ६ सय १४ मत ल्याएका छन् । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डे पराजित भएका छन् ।



    पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन् । उनी नेपाल सरकारको उपसचिवबाट राजीनामा दिएर मेयर लड्न गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार