Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पत्रकारमाथि आक्रमण गर्ने दुई जना पक्राउ

    पत्रकारमाथि आक्रमण गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.4K
    SHARES

    बारा। बारामा पत्रकारलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    कलैया उपमहानगरपालिका वडा नं.२ स्थित कलैया-पिलुवा सडक खण्ड अन्तर्गत महाबिर मन्दिर अगाडी सडकमा मोटरसाईकल चढी घरतर्फ गई रहेका तराई मधेश राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक  पवन यादवमाथि हिजो दिउसो हातपात भएको थियो।



    बारा प्रहरीले यादवलाई हातपात तथा दुर्‍व्यहार गर्ने कलैया उपमहानगरपालिका वडा नं.३ भवानीपुर टोल बस्ने रा वर्ष २३ को छोटु भन्ने ईरफान मन्सुर र  वर्ष २५ को नारायण सरार्फलाई पक्राउ गरी गरेको छ।



    उनीहरुलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट  १० को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ। ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार