Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्याङ्जा जिप दुर्घटना अपडेट : मृतक १४ जनाको सनाखत, १३ जना कुँवर परिवारका

    स्याङ्जा जिप दुर्घटना अपडेट : मृतक १४ जनाको सनाखत, १३ जना कुँवर परिवारका

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ ।

    बिहान साढे दश बजेको समयमा वालिङ–१४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमुल अर्खलबासस्थित भित्री सडक खण्डमा अनियन्त्रित भइ सडकबाट खस्दा जिपमा सवारमध्ये १४ जनको मृत्यु भएको हो ।



    उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन्।



    प्रहरीका अनुसार घाइते हुनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुेको बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन्।

    घाइते ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबैलाई वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारकालागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेको छ उनको वालिङमै उपचार भइरहेको छ।

    तिवारी पसलको मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका उनीहरुको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँ नै पूरै शोकमा डुबेको छ। मतदान प्रक्रिया भने जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार