काठमाडौं । मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा भएको जिप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको हो ।
सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको छ । घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइते ११ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
Leave a Reply