चितवन। भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
आज मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले गएराती मतदाताहरुलाई आफूविरुद्ध प्रयोग गर्न पैसा बाँड्नेदेखि प्रभावित गर्ने कामसम्म भएको बताए ।
उनले भने–‘मेरो विरुद्ध भरतपुरमा रातभरि षड्यन्त्र भयो, पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भयो ।
राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन आयोग मौन बस्नु एकदम धेरै पक्षपातपूर्ण देखिएको छ ।’
Leave a Reply