Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • महँगोमा सामान बिक्री गरेपछि गोदाम सिल, ५ व्यवसायी पक्राउ

    महँगोमा सामान बिक्री गरेपछि गोदाम सिल, ५ व्यवसायी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ — टीएन स्टोरले महँगोमा चिनी बेचेको, म्याद नाघेको सामान बिक्री गरेको र बिल बिजक जारी नगरेको पाइएपछि विभागका निरीक्षण अधिकृत दिपकराज पोखरेल नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेकाे छ।

    म्याद नाघेका र बढी मूल्यमा सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गर्न पुगेको बजार अनुगमन टोलीलाई नयाँ बजारका व्यवसायी र स्थानीयले अवरोध गर्नुका साथै आक्रमणको प्रयास गरेका हुन् । अनुगमनकाे क्रममा जरिवाना तोक्दा स्थानीयले आक्रमणको प्रयास समेत गरेका हुन् ।



    टोलीले दुई लाख जरिवाना तोकेको थियो ।‘गोदाम सिल गरेर फर्कंदा हामीलाई आक्रमणको प्रयाससमेत भयो,’ पोखरेलले भने ।



    वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त बजार अनुगमन टोलीलाई व्यापारीको समूहले केहीबेर घेराबन्दी गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट थप प्रहरी टोली खटिएर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले बताए । ‘पसलमा बढी मूल्यमा सामान बिक्री गरेको पाइएपछि गोदाम सिल गरेर फर्कंदा हामीलाई ढुङ्गा प्रहार गरे,’उनले भने । उनका अनुसार ५ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार