Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बाराको पचरौता र देवतालमा मतदान रोकियो, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    बाराको पचरौता र देवतालमा मतदान रोकियो, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 684
    SHARES

    काठमाडौं । बाराको दुईवटा स्थानीय तहमा मतदान रोकिएको छ । पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा मतदान रोकिएको हो ।

    दुई समूहबीच झडप भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन् ।



    देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।



    यस्तै देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।

    झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको छ । सीमावर्ती यी दुवै मतदान केन्द्रमा सुरक्षाको दृष्टिकोणले मतदान केन्द्र संवेदनशील मानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार