काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।
गृहमन्त्री खाँणले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।
सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि बिहान ७ बजे व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् ।
शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ ।
Leave a Reply