Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रमुख निर्वाचन आयुक्तले भने–पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्नुहोस्

    प्रमुख निर्वाचन आयुक्तले भने–पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्नुहोस्

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् ।

    निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले थपलियाले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।



    स्थानीय तहको शुक्रबार हुने निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन थपलियाले अपिल गरेका हुन् । उनले भने–‘प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्नेभएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार