Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संवेदनशील मानिएको भरतपुरको मतगणना स्थलमा राखियो सिसिटिभी, चारैतिर जालीले घेरिँदै

    संवेदनशील मानिएको भरतपुरको मतगणना स्थलमा राखियो सिसिटिभी, चारैतिर जालीले घेरिँदै

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.3K
    SHARES

    भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ भने चारैतिर जालीले घेरिँदै छ । महानगरपालिकाको मतगणना हुने भरतपुर–१० मा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलमा सिसिटिभी जडान गरिएको हो ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा भरतपुरमा मतपत्र च्यातिएपछि यसपटक उक्त क्षेत्रलाई संवेदनशिल क्षेत्र मानिएको छ । त्यसैले गणनास्थल सुरक्षित बनाउन सिसिटिभी जडानदेखि चारैतिर घेर्ने काम समेत गरिएको हो ।



    मतगणनास्थललाई फलामका डण्डी गाडेर जालीले घेरिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो। सो ब्लकमा सिसिटिभी जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भइरहेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार