Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ३३ वर्ष सेवा गरेर अबकाश भए इन्जिनियर श्रेष्ठ, साइकल चलाएर साइट हेर्न जान्थे

    ३३ वर्ष सेवा गरेर अबकाश भए इन्जिनियर श्रेष्ठ, साइकल चलाएर साइट हेर्न जान्थे

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । वि.सं. २०४३ साल भदौं २९ गते अस्थायी रुपमा झापाको दमक नगरपालिकामा जागिर सुरु गरेका इन्जिनियर तिर्थनारायण श्रेष्ठ ३३ वर्ष ६ महिनापछि सोही कार्यालयबाट बिदा भए । जागिर शुरु गरेको २ वर्षपछि स्थायी नियुक्ति पाएका श्रेष्ठले आफ्नो कार्यकाल भर नगरपालिकाको विकासमा भरपुर सेवा प्रदान गरे ।

    ८ वर्षसम्म नगरपालिकाको सेकेण्ड ह्याण्ड साइकल चलाएर सेवा गरेका श्रेष्ठले नगरपालिकाको विकास निर्माण कार्यमा सक्रियताका साथ काम गरे ।



    त्यसपछिका दिनमा पनि आफ्नै स्रोत र साधनमा नगरपालिकाको हितका लागि काम गरेका श्रेष्ठ नयाँ नियम लागू गरेर नगरपालिका भित्र सडक निर्माण गरेको बताउँछन् ।



    पञ्चायत कालमा सडकबाट १ मिटर छाडेर भवन निर्माण गर्ने नियम थियो । तर, श्रेष्ठकै पहलमा ३० फिटको सडक निर्माण गरी सडकको दुबैतर्फ १० फिट छाडेर भवन निर्माण नयाँ नियम लागु भएको उनी सम्झन्छन् ।

    नगरपालिकको भविश्य हेरेर आफ्नै निति बनाएको श्रेष्ठको भनाई छ । श्रेष्ठ भन्छन्–‘ त्यस बेला नयाँ नियम बनाएकोले नै अहिले ५० फिटको बाटो बनाउँदा कुनै पनि भवन भत्काउन नपरेको देख्दा राम्रो काम गरेछौं भन्ने लाग्छ ।’

    २०७६ साल चैत ७ गते अवकाश पाएका इन्जिनियर श्रेष्ठ दर्ता चलानी गर्नेदेखि तोक लगाउने काम समेत आफूले गरेको बताउँछन् । शुरुका दिनमा खेतको आली र जंगलमा रुखका ठुटामाथि साइकल चलाएर साइट हेर्न गएको अनुभव पनि इन्जिनियर श्रेष्ठसँग छ ।

    आफू इन्जिनियर भए पनि स्थानीयबासीलाई परेको हरेक समस्यामा श्रेष्ठ पुगिहाल्थे । अबका दिनमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनप्रतिनिधि र कर्मचारी साथीहरुले काम गर्नु भयो भने दमक नगरपालिका विकास निर्माणमा कहिल्यै पनि पछि नपर्ने इन्जिनियर श्रेष्ठको तर्क छ । अवकाशपछि पनि बाँचुन्जेलसम्म आफू नगरपालिकाको सेवामा लागिरहने श्रेष्ठ बताउँछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार