Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रेमिका गर्भवती भएपछि प्रेमी फरार !

    प्रेमिका गर्भवती भएपछि प्रेमी फरार !

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.7K
    SHARES

    वीरगञ्ज । पर्सामा प्रेमिका गर्भवती भएपछि प्रेमी फरार भएका छन्। पटेर्वासुगौली गाउँपालिका वडा नं २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेपछि घटना बाहिर अाएकाे हाे।

    दुई वर्षदेखिकाे प्रेम सम्बन्धकाे क्रममा गर्भवती बनाएर सम्पर्कविहीन भएको भन्दै युवतीले स्थानीय १९ बर्षका विशालबाबु चौधरीविरुद्ध उजुरी दिएकी छन् । युवतीले गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी हुन् ।



    पटेर्वासुगौली गाउँपालिकाको उपप्रमुख ममता महतोले चौधरी नआउँदा युवती अन्यायमा परेको बताइन् । प्रहरीले समस्या समाधानका लागि तदारुकता नदेखाएको आरोप उनीहरुले लगाएका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले फरार युवकलाई झिकाउन जिल्लाबाट आदेश आए पनि घरमा नरहेकोले पठाउन नसकिएको बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार