Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता छैन’

    ‘विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता छैन’

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताएका छन् ।

    संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने,‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ तर सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग छैन।’



    विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् ।



    भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार