Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानमन्त्री पत्नीसँग निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    प्रधानमन्त्री पत्नीसँग निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई स्पष्टीकरण सोधेको छ । आयोगले गत बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य राणाले कैलालीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीप)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए ।



    उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले पठाएको पत्रमा भनिएको छ–‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ, छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ‚ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार