Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान

    एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.2K
    SHARES

    तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार घिरिङ गाउँपालिका–१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।



    नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् ।



    सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार