पश्चिम नवलपरासी । प्रहरीले नेकपा एमालेका उम्मेदवारको घरबाट एक बोरा साडी बरामद गरेको छ । उक्त बोराभित्र ७३ वटा साडी रहेको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट प्रहरीले बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले मतदातालाई बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ ।
प्रहरीले एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट साडी बरामद गरेको हो । २७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै जिन्सी सामानको जोहो गरेर राखेको र एक–एक गरेर बाँड्ने तयारी भएको कांग्रेस कार्यकर्ताको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भने साडी बरामद गरिएको र साडी के प्रयोजनका लागि ल्याएको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यद्यपी सुनवल नगरपालिकामा मेयरकी एमाले उम्मेदवार विमला अर्यालले भने यसलाई अस्वीकार गरेकी छन् ।
Leave a Reply