Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • आरजुको आलोचना गर्दै ओलीले भने – पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ?

    आरजुको आलोचना गर्दै ओलीले भने – पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ?

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाको आलोचना गरेका छन् ।

    सोमबार पोखरामा आयोजित आमसभामा बोल्दै उनले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।



    बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिए ।उनले भने ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’



    ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष पनि गरे । केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २–४ जनालाई सित्तैमा मलेसिया पठाइदिन सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उनले कटाक्ष गरे, ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिनेमात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि जोड दिन्छौँ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार