Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेसबाट धोका हुन सक्ने भन्दै प्रचण्डले भने – बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन

    कांग्रेसबाट धोका हुन सक्ने भन्दै प्रचण्डले भने – बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

    सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेका हुन् ।



    उनले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए ।



    ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚’ उनले भने, ‘कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ ।

    यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार