Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कालापानी नजिक इन्स्पेक्टरको कमाण्डमा ३५ जनाको टोली

    कालापानी नजिक इन्स्पेक्टरको कमाण्डमा ३५ जनाको टोली

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले नेपालमा चौतर्फी रुपमा बिरोध भइरहेको छ।

    सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।’ अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उनले बताए ।



    अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए ।



    दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले भने, ‘अहिले हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’

    छाङरु दार्चुला सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्ने विकट क्षेत्र हो । ‘सबै मौसममा त्यहाँ बस्न कठिन हुन्छ, हिउँ पर्ने ठाउँ हो’, डीआईजी श्रेष्ठले भने, ‘त्यसैले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ।’

    बीओपी राख्न सरकारले सशस्त्र प्रहरी बललाई १५ रोपनी जग्गामा पनि उपलब्ध गराइएसकेको छ । त्यहाँ अस्पतालसहितका भौतिक संरचना बनाउने तत्काललाई ९ करोड बढी बजेट विनियोजन भइसकेको स्रोतले बताएको छ । स्थायी संरचना नबन्दासम्म घर भाडामा लिएर फौज राख्ने तयारी भइरहेको छ । ‘जग्गा उपलब्ध भएको स्थान चाहिँ अहिले बस्न लागिएको ठाउँबाट ५ सय मिटर पर गागा भन्ने ठाउँमा हो’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।

    लिपुलेक, तिंकर भज्याङ र कालापानी क्षेत्र यही गाउँपालिकामा पर्ने सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

    लिपुलेक र लिम्पियाधुरामा नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सम्पूर्ण राष्ट्र आक्रोसित छ । सरकारले औपचारिक रुपमा बिरोध जनाइसकेको छ । सत्तारुढ नेकपाका दुवै अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी नेपाली भूमिमाथिको अतिक्रमणको बिरोध गरिसकेका छन् । सरकारले गर्ने कूटनीतिक धर्म यही हो । विगतका सरकारभन्दा नेकपाको सरकारले भारतीय हस्तक्षेपको औपचारिक बिरोध गर्ने साहस गरेको छ ।

    आजै मात्र सरकारले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको छ । विभिन्न दल मिडियामा प्रचारबाजी गरिरहेका बेला सरकारले भने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर ‘कुटनीतिक नोट’ दिएको छ ।

    सिहदरवारस्थित मन्त्रालयमा विहान साढे ११ बजे आउनु भएका राजदूत क्वात्रासँग परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी समेत लिएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय भएर पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार