काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनमा आफूले शीर्ष नेताहरूलाई सुध्रन पर्ने भनेर सुझाव दिँदा उल्टै जाइलागेको गुनासो गरेका छन् ।
हेटौँडा आयोजित चुनावीसभामा बोल्दै लिङ्देनले आफूले भनेको कुरा मनन गर्नुको साटो उल्टै ठोकुँला झैँ गरेको बताएका हुन् ।
उनले भने, ‘भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोह थियो । म भर्खरै पार्टीको अध्यक्ष निर्वाचित भएको थिएँ । शुभकामना दिनका लागि मलाई पनि निम्तो दिइयो । शुभकामना दिन जब म माइकको अगाडि पुगेँ ।
सम्बोधन गर्न मैले नेताहरूलाई हेरेँ । त्यहाँ देशका ठूला भनिने पार्टीका ठूला भन्ने सबै नेता त्यही हुनुहुन्थ्यो । मलाई मनमा अर्कै कुरा आयो, ओहो यति मान्छे मात्र सुध्रने हो भने त यो देश लाई सुधार्न कसले रोक्न सक्छ र रु एउटा ट्राई मार्नुपर्यो भन्ने लाग्यो । कहीँ मेरो बोलीले क्लिक गर्यो, हो त भनेर उहाँहरूले सम्झनु भयो र उहाँहरू सुध्रनु भयो भने कसैले आन्दोलन पनि गर्नुपरेन, कसैले गोली खानु पनि परेन, कसैले यो पार्टीको आलोचना पनि गर्नु परेन ।’
‘त्यसपछि मैले सानो टेस्ट बम हानेँ । मैले भनेँ – जनताले नेताहरूलाई राम्रो भन्दैन है गाउँघरतिर जाँदा खेरी कुन चाहिँ नेता आएछ भन्नुको सट्टा कुन चाहिँ चोर आएछ भन्छ है । यो अवस्था हामी सबैको लागि राम्रो होइन ’ उनले थपे, ‘हामीले हाम्रो बिग्रेको छवि सुधार्नुपर्छ । हाम्री सुध्रियौँ भनेर मैले निवेदन गरेँ । उहाँहरूले हो त राजेन्द्रले भनेको ठिक हो भन्नुको बदला ठोकुँला झैँ गर्नुभयो । मिल्ने भए बुढाहरूले ठोक्ने पनि थिएँ ।’
Leave a Reply