Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतकाे चर्काे विराेध गर्दै काठमाडाैंमा ओली र मोदीको पुत्ला दहन

    भारतकाे चर्काे विराेध गर्दै काठमाडाैंमा ओली र मोदीको पुत्ला दहन

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली भूमि कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक बनाउने भारतविरुद्ध सडकदेखि सदनमा बहस भइरहेकाे छ। साेही क्रममा भारतकाे चर्काे विराेध गर्दै एक समाजिक संस्थाले सोमबार काठमाडौंको माइतीघरम प्रधानमन्त्री केपी शर्मा ओली र र भारतका प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकाे छ।

    राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    नेपालको सार्वभोमसत्तामाथि चुनौती दिन खोजेको र नेपाल सरकार त्यसमा लाचार बनेको भन्दै ओलीको पनि पुत्ला जलाउन बाध्य भएको राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले जनाएकाे छ।



    यसअघि जनता दरबार नामक संगठनका कार्यकर्ताले नाराबाजी गर्दै मोदीको पुत्ला जलाएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार