Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • बलात्कार आरोपमा कुटपिट गर्दा मतियारको गयाे ज्यान

    बलात्कार आरोपमा कुटपिट गर्दा मतियारको गयाे ज्यान

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    इलाम । बलात्कार आरोपमा कुटपिटबाट मतियारको गयाे ज्यान गएकाे छ । छोरीले आफुलाई बलात्कार प्रयास गरेको बताएपछि पीडित किशोरीको बुवाले गाडी चालकलाई कुटपिट गरे ।

    कुटपिटबाट गम्भीर घाइते भएका सो गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका–२ वगुवा घर भएका ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए ।



    शनिबार चालकको मृत्युपछि प्रहरीले पीडित किशोरीका बुवालाई पनि पक्राउ गरेको छ । बलात्कार उद्योग गरी फरार किशोरलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकले एकान्तमा लगेर गाडी रोकेर सहचालकलाई बलात्कार उद्योग गर्न सहजीकरण गरिदिएको थाहा भएको छ ।



    काठमाडौंबाट इलाम आएकी १७ वर्षीया किशोरीलाई वैशाख २० मा राति इलाम नगरपालिका–७ मा बलात्कार प्रयास भयो । बलात्कार प्रयास गर्ने किशोर १८ वर्षका किशोर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का हुन् । उनी बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक हुन् । सो गाडीमा किशोरी काठमाडौंबाट इलाम गएकी हुन् ।

    गाडीमा सवार अन्य यात्रु ओर्लिएपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएकी थिइन् । बुवा नआउन्जेल एक्लै बसेकी किशोरीलाई सह–चालकले जबरजस्ती करणी गर्ने प्रयास गरेर भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार