Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • डब्लूएचओको चेतावनी: अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुन सक्छन्!

    डब्लूएचओको चेतावनी: अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुन सक्छन्!

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चेतावनी दिएको छ ।

    डब्लूएचओकाले कोरोना संक्रमणका कारण अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० मानिसको एक वर्षमा ज्यान जाने आशंका पनि गरेकाे छ।



    अफ्रिका महादेशका विभिन्न देशमा ६० हजार ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अफ्रिका न्यूजले जनाएको छ । जसमध्ये २ हजार २ सय २१ जनाको ज्यान गएको छ भने २० हजार ८ सय जना निको भएका छन् ।



    कोरोना भाइरसको संक्रमणबाट अफ्रिकामा ५३ देश प्रभावित भएका छन् । अफ्रिकी महादेशको एक मात्र देश लेसोथो भने अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको छ । त्यहाँ कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको अफ्रिका न्यूजले जनाएको छ । अफ्रिकी महादेशमा सबैभन्दा बढी दक्षिण अफ्रिका प्रभावित भएको छ जहाँ ९ हजार ४ सय २० केस देखिएका छन् ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार